YouTube Link

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जन्मदिनको सन्दर्भमा वक्तव्य जारी, धैर्य, दृढता र साहसका साथ अघि बढ्न आग्रह

Facebook Link

काठमाडौः पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेमा सत्ता सञ्चालकहरुलाई सचेत गराएका छन् । आफ्नो जन्मदिनको सन्दर्भमा एक वक्तव्य जारी गर्दै पूर्व राजा शाहले परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताएका छन् ।

घुमाउरो रुपमा राजसंस्थाको सान्दर्भिकता र औचित्य पुष्टि गर्ने प्रयास गर्दै पूर्वराजा शाहले वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न आग्रह गरेका छन् । राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने भन्दै पूर्वराजाले मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार्न घुमाउरो रुपमा आग्रह गरेको देखिन्छ ।

नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो त्यसको चिन्तन गर्दै राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको पूर्वराजा शाहको भनाई छ । सीमाविवाद, भ्रष्टाचार विभिन्न सन्धि सम्झौता हत्या हिंसा र आत्म हत्या जस्ता विषयको समाधान र कारण खोज्न पनि उनले आग्रह गरेका छन् ।

‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छन् ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितबिरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ?’ शाहले प्रश्न गरेका छन्, ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनहुँ उठिरहन्छन् ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छन् ?’

कामका लागि विदेशिनु परेका नेपालीप्रति सहानुभूति देखाउँदै पूर्वराजाले विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको भन्दै फर्कने सबैको श्रम, सीप र सामथ्र्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको उल्लेख गरेका छन् ।

राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणा गर्दै उनले आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आग्रह पनि गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...