मालोर्कालाई हराउँदै रियाल मड्रिड पुनः स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लियो
वि.सं.२०७७ असार ११ बिहीवार ०९:०७
1K
shares
एजेन्सीः रियाल मड्रिड पुन स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा बुधबार राति भएको खेलमा रियाल मड्रिडले मालोर्कामाथि २–० को जित निकाल्दै पुनः ला लिगाको शिर्ष स्थानमा उक्लिएको हो ।
मालोर्काबिरुद्धको खेलमा जित निकालेसँगै रियाल उपाधि दौडमा रहेको बार्सिलोनासँग बराबरी अंकमा रहेपनि हेड टु हेडको आधारमा लिगको शिर्ष स्थानमा उक्लिएको हो । रियालको जितमा खेलको १९औं मिनटमा भिनिसियस जुनयिरले गोल गरेका थिए भने रामोसले दोश्रो हाफको ११औं मिनटमा रियाललाई दुई गोल गरे ।
मालोर्काले दोश्रो हाफमा १५ वर्षिय लुका रोमेरोलाई मैदानमा प्रवेश गराएको थियो । उनी लालिगा ईतिहासमा खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । रियालले भने गत फेब्रुअरीदेखि बेन्चमा बसेका बेललाई खेलाएको थियो तर उनले मैदानमा त्यति प्रभाव जमाउन सकेन ।
जितसँगै रियालको ३१ खेलमा ६८ अंक भएको छ भने बार्सिलोनाको पनि समान खेलमा समान अंक छ । यस्तै हारको सामना गरेको १८औं स्थानको मालोर्काको रेलिगेशनमा पर्ने सम्भावना बढेको छ । उसको ३१ खेलमा २६ अंक छ ।
वि.सं.२०७७ असार ११ बिहीवार ०९:०७




















