लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक क्रिष्टल प्यालेस ४–० गोल अन्तरले पराजित
वि.सं.२०७७ असार ११ बिहीवार ०९:०२
1K
shares
एजेन्सीः क्रिष्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । लिभरपुलको घरेलु मैदान एनिफल्डमा बुधबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–० गोल अन्तरले पाखा लगाएको हो ।
खेलमा क्रिष्टलबिरुद्ध जित दिलाउन लिभरपुलका लागि एलेक्जेन्डर आर्नाल्ड, मोहमद सलाह, फाबिन्हो र साडियो मानेले समान एक एक गोलको योगदान दिए । क्रिष्टलबिरुद्धको खेलमा लिभरपुल शुरुवातदेखि निकै आक्रमक ढंगले प्रस्तुत भएको थियो ।
पहिलो हाफमा दुइ गोल गरेको रेड डेभिल्स्ले दोश्रो हाफमा समेत दुई गोल थपेको थियो । जितसँगै शिर्ष स्थानमा रहेको लिभरपुलको ३१ खेलमा ८६ अंक भएको छ भने दोश्रो स्थानको म्यान सिटीको ३० खेलमा ६३ अंक छ । यस्तै क्रिष्टल प्यालेसको ३१ खेलमा ४२ अंक छ ।
वि.सं.२०७७ असार ११ बिहीवार ०९:०२




















