YouTube Link

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो, सुदूरपश्चिम प्रदेशमा थप १६१ जनामा संक्रमण पुष्टि

Facebook Link

काठमाडौं: गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ ।

संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका पुरूष हुन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा थप १ सय ६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ ।

संक्रमण पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ६९, डडेल्धुरामा १ सय ७०, दार्चुलामा १२, डोटीमा १ सय २९, कैलालीमा २ सय ३६, कञ्चनपुरमा ९६ गरी ९ सय ३१ संक्रमित भेटिएका छन् । यो प्रदेशमा हालसम्म १०४७३ जनाको पिसिआर विधिवाट जाँच गरिएकामध्ये ९५४२ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । ५४९५ जनाको रिपोर्ट आउन बाँकी छ ।

पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ५६ र संक्रमित १ सय ११ गरी १ सय ६७ जनाको उपचार भइरहेको छ । ४ सय ५३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुरमा २६, महाकालीमा ३५, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ । आरडिटी बिधिवाट ८९५१७ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २८ हजार १ सय ६२ पुरुष र ६ हजार ६ सय ५४ महिला रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...