YouTube Link

आजदेखि कोरियाली भाषा (इपिएस) परीक्षा आवेदन खुल्यो

World Cup 2026
Facebook Link

काठमाडौं: दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ ।

परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ ।

सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ । सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो । कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।

अहिलेसम्म ६० हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेका छन् । सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए । जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...