YouTube Link

ऋणीहरुको अधिकार खारेजीको माग राख्दै बैंकर्स संघद्वारा नेपाल राष्ट्र बैंकमा सुझाव पेश

Facebook Link

काठमाडौं: नेपाल बैंकर्स संघले ऋणीहरुको अधिकार खारेजीको माग राख्दै नेपाल राष्ट्र बैंकमा सुझाव पेश गरेको छ । संघले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा राख्नुपर्ने विषयहरुको लामो माग राष्ट्र बैंकमा पेश गदै ग्राहकलाई जानकारी नदिई ऋणको खरिद विक्री गर्न पाउनुपर्ने माग राखेको छ ।

हाल ऋणको खरिद विक्री गर्दा ऋणीलाई अनिवार्य रुपमा सोध्नुपर्ने व्यवस्था रहेको छ । जसका कारण ऋणीले नचाहेमा सो ऋणको खरिद विक्री हुँदैन । यो ग्राहकको आधिकारको विषय पनि हो । ग्राहकले आफ्नो ऋण कुन बैंकले खरिद गरेको छ ? भन्ने विषयमा जानकारी पाउनुपर्छ तर संघले भने सो जानकारी नदिई बैंकहरुले ग्राहकको ऋण खरिद विक्री गर्न पाउनुपर्ने माग राखेका छन् ।

कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) टाइट हुँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको ऋण तरलता सहज भएको अर्को बैक तथा वित्तीय संस्थालाई बिक्री गर्ने गरेका थिए । त्यस्तै संघले हाल भएको सात दिनको अन्तर बैंक सापटी एक वर्षको लिन पाउने ब्यवस्था मिलाउन माग गरेको छ, त्यस्तै ९० दिनभन्दा माथिको सापटी रकमलाई सीसीडी रेसियोसँग मिलान गर्नुपर्ने माग राखेको छ ।

संघले ९० दिनभन्दा माथिको अन्तर बैंक सापटी रकमलाई सीसीडी रेसियो कायम रहुन्जेल स्रोतमा जोड्ने र घटाउने ब्यवस्था गरिएमा बजारमा उपलब्ध स्रोत साधनहरुको अधिकतम उपयोग हुने र तरलता र कर्जाको ब्याज दर ब्यवस्थापन पनि हुने संघले उल्लेख गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...