सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाद्वारा राहत वितरण, उपत्यकाका ४३० घरपरिवारले पाए राहत
वि.सं.२०७७ जेठ ३० शुक्रवार २२:०७
1.8K
shares
काठमाडौं: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाडौं उपत्यकामा रहेका ४ सय ३० घरपरिवारलाई राहत वितरण गरेको छ । सोताङगाउँ कार्यपालिका प्रमुख वीर बहादुर राईको नेतृत्वमा वडा नं २ को वडा अध्यक्ष तारा राई, वडा नं ३ का सचिव भीम मगरको टोलीले उपत्यकामा अस्थायी रुपमा बसोबास गर्दै आएका गाँउपालिकाबासीहरूलाई राहत वितरण गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले लामो समयसम्म गरेको लकडाउनको कारण उपत्यकामा अति समस्यामा परेका आफ्ना ५ वटा वडाका नागरिकलाई सोताङ गाउँ कार्यपालिकाले राहत वितरण गरेको युवा कम्युनिष्ट लिग सोलुखुम्बु ईन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य भवी धराशायीले बताए ।
गाँउपालिकाले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहत स्वरुप वितरण गरेको छ । बिहीबार उपत्यकास्थित कपन, गोकर्ण, नयाँबस्ती, मुलपानी, जोरपाटी र चावहिल लगायतका स्थानमा राहत वितरण गरिएको थियो । शुक्रबार चक्रपथ, वनस्थली कलंकी, ललितपुरको सातदेबाटो, लुभू, लामाटार र भक्तपुर राधे राधे, पेप्सिकोला क्षेत्रमा राहत वितरण गरेको थियो ।

राहत वितरण गर्न नेकपा जिल्ला सचिव कर्ज्याङ शेर्पा, युवा संघका केन्द्रीय सदस्य भद्रगोल किराती, पूर्व वडा अध्यक्ष पेमा सार्की शेर्पा, समाजसेवी तथा गीतकार राज नाछिरिङ, पर्यटन व्यावसायी रामकाजी तिवारी, लक्ष्मण कार्की व्यावसायी गगन नाछिरिङ, पेम्वा ठिले शेर्पा र टेन्डी शेर्पा लगायतले सहयोग गरेका थिए । राहत सामग्री पाएपछि सोताङवासीहरूले नेतृत्व टोली कर्मचारी तथा स्वयमसेवकहरूलाई धन्यवाद दिएका थिए ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार २२:०७




















