YouTube Link

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो, हालसम्म १६ जनाको मृत्यु, कुन जिल्लामा कति भेटिए संक्रमित ?

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार शुक्रबार २४ महिला र ४ सय २४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको उनले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका १० जना संक्रमित देखिएका छन् भने पाटन अस्पतालको प्रयोगशालामा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका १७ जना, उदयपुरका ३ जना सिराहाका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, कोशी अस्तपालको प्रयोगशालामा इलामका १, झापाका ६ र सुनसरीका १० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तैगरी, भेरी अस्पातलको प्रयोगशालामा बर्दियाका १५ जना र बाँकेका १ जनामा कोरोना संक्रमण भेटिएको छ ।

टेकु अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र मोरङका १ जना र धादिङका २७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जनामा कोरोना देखिएको छ । प्रवक्ता गौतमका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा कपिलवस्तुका ४ जना र सर्लाहीका ४ जनामा कोरोना भेटिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना संक्रमित पाइएका छन् ।

सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ३८ जना र सुर्खेतका ४५ जना कोरोना संक्रमित भेटिएका छन् । यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका १, रुपन्देहीका १६ र नवलपरासी पश्चिमका २ जना संक्रमित पाइएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा बाराका १ जना, धादिङका १ जना, धनुषाका १, नुवाकोटका १ जना, रौतहटका ८६ जना, काठमाडौंका १ जना र सर्लाहीका ५० जना कोरोना संक्रमित पुष्टि भएका छन् । हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८ सय ७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् ।

देशभर हालसम्म एक लाख २१ हजार ८ सय ६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ९ सय २५ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतम बताए । देशभरका ‘क्वारेन्टिन’मा हाल १ लाख ५८ हजार ५० मानिसहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा ४ हजार १ सय ६९ कोरोना संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...