सर्लाहीमा भारतीय नागरिक र प्रहरीबीच झडप, एक जनाको मृत्यु
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:२९
1.7K
shares
सर्लाहीः भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपका क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन ।
पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपमा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:२९



















