साविक विजेता बायर्न म्युनिख जर्मन कपको फाईनलमा प्रवेश
वि.सं.२०७७ जेठ २९ बिहीवार ०९:२३
1.3K
shares
एजेन्सीः साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।
वायर्नलाई उपाधि नजिक पुर्याउनका निम्ति ईवान पेरिसीक र रोबर्ट लोवान्डोस्किले एक एक गोलको यागदान दिए । यस्तै फ्रयाङ्कफर्टका लागि ड्यानी डा कोस्टाले एक गोल गरे । फ्रयाङ्कफर्टमाथि दबाब राख्ने क्रममा पेरिसीकले हेडर मार्फत खेलको १४औं मिनटमा गरेको गोलको मद्दतमा वायर्नले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
दोश्रो हाफमा सन् २०१८ को जर्मन कप विजेता फ्रयाङ्कफर्टले खेललाई बराबरीमा पुर्याए । खेलको ६९औं मिनटमा उसका लागि डा कोस्टाले गोल गरेका हुन् । यस लगतै ७४औं मिनटमा लेवान्डोस्किको गोलको मद्दतमा वायर्नले खेलमा पुन २–१ को अग्रता बनायो । किमिचको पासमा लेवान्डोस्किको यो गोल अफ साईड भनिएको भएपनि पछि भारको मद्दतमा गोलले मान्यता पाउको थियो ।
यसपछि निर्धारित समयभित्र दुबै टिमबाट गोल नहुँदा वायर्नले जर्मन कपको फाईनलमा स्थान पक्का गर्या । जुलाई ४ मा हुने फाईनलमा वायर्नले लेभरकुसेनको सामना गर्नेछ । यसअघि मंगलबार राति भएको खेलमा सारब्रुकेनलाई ३–० ले हराउँदै लेभरकुसेन फाईनलमा पुगिसकेको छ ।
वि.सं.२०७७ जेठ २९ बिहीवार ०९:२३




















