YouTube Link

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, पारदर्शिताको खोजी गर्नेमाथि लाठी, अश्रुग्याँस र पानीको फोहोरा

World Cup 2026
Facebook Link

काठमाडौं: कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटारमा प्रदर्शन भएको छ । सरकारविरुद्ध प्रदर्शन गर्न बुधबार स्वस्तफुर्त जम्मा भएका उनीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए ।

सरकारविरुद्ध प्रदर्शनमा जुटेकाहरुमाथि प्रहरीले प्रदर्शनकारीलाई तिरतवितर बनाउन पानीको फोहोरा हानेको थियो । तर प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । केही प्रदर्शनकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो । दुई दिनअघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भईरहेको थियो । तर बिहीबार भएको प्रदर्शनमा दुई हजारभन्दा बढी सहभागी भएका थिए ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा कोरोना महामारीमा सरकार कमजोर भूमिका बारेमा विरोध जनाउन काठमाडौंमा जुटेका युवाहरुमाथि प्रहरी धरपकड गरेको थियो । बालुवाटार र नक्साल क्षेत्रमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् । भ्रष्टाचारको संरक्षणमा सरकार जुटेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । जनतालाई न्याय सुनिश्चित गर्न उनीहरुको माग छ । उनीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएकोमा प्रदर्शनकारी आक्रोशित देखिएका छन् । लकडाउनका बेला पनि कर लगाइएको भन्द्यै उनीहरुले नाराबाजी गरेका छन् । चैत ११ मा लकडाउन घोषणा गरेयता यति धेरै संख्यामा मानिस जुटेर प्रदर्शन गरेको यो पहिलो पटक हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...