कोरोना भाइरसका कारण विश्वभर ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाख १८ हजारभन्दा बढी संक्रमित
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५३
1.7K
shares
एजेन्सीः कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ६ सय ४८ पुगेको छ ।
विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख १८ हजार १ सय २४ पुगेको छ । ३३ लाख ३ हजार ७ सय ८५ जनाको उपचार भइरहेकोमा ५३ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । ३५ लाख ९४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १ सय ८४ जनाको मृत्यु भएको छ । २१ लाख २४ हजार ६ सय ९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४ सय २२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २ सय ८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३ सय २८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६ सय ३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८ सय ६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८ सय २३ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ५ हजार ५ सय ६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५ सय २० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५३




















