YouTube Link

चौतर्फी विरोधपछि कर तिर्नुपर्ने समय असार ७ गतेसम्मलाई थप

Facebook Link

काठमाडौं: सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरेको छ । आन्तरिक राजस्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो । त्यसपछि अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरुको विरोध सुरु भएको थियो । ब्यापक विरोधपछि सरकारले लगत्तै विभागले अर्को सूचना जारी गर्दै कर तिर्ने समय बढाएको हो ।

विभागले बुधबार जारी गरेको सूचनामा असार ७ गतेसम्म कर नतिरेमा जरिवाना लगायतका कारवाही गर्ने भाषा प्रयोग भएको छैन । मंगलबार जारी भएको विभागको सूचनामा भने तोकिएको मितिमा नबुझाए ब्याज र जरिवाना लिने उल्लेख थियो । लकडाउनको अवधिमा कर तिर्न उर्दी जारी गरेकोमा मंगलबार करदाता उद्योगी-व्यवसायीमात्रै नभइ सर्वसाधारणले पनि अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना गरेका थिए ।

आफ्नै पार्टीको सरकारका अर्थमन्त्री खतिवडाप्रति नेकपा कार्यकर्ताले सामाजिक सञ्जालमा विरोध जनाएका थिए । उद्योगी-व्यवसायीसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सरकारको यो निर्णय ठीक नभएको जनाएको थियो । बुधबार जारी भएको सूचनामा अघिल्लो दिनजस्तो असार ७ गतेभित्र नबुझाएमा ब्याज तथा जरिवाना तिर्नुपर्ने लगायतका कडिकडाउ गर्ने भाषा उल्लेख गरिएको छैन । सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ । विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...