YouTube Link

‘हामी सबैले थर बदलौं, सबैले थरमा दलित लेख्न थालौं: बाबुराम भट्टराई

Facebook Link

काठमाडौं: समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् ।

भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए । हालै पश्चिम रुकुममा अन्तर्जातीय प्रेममा रहेका नवराज विश्वकर्मासहितको कुटपीट गरी मारिएको र भेरी नदीमा हालिएको घटनाका सन्दर्भमा डा. भट्टराईले संसदमा यस्तो प्रस्ताव गरेका हुन् ।

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए । उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए ।

उनले भने, ‘हामी सबैले थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं । बाबुराम भट्टराई दलित, कामी लेखौं, बाबुराम कामी भन्न किन नहुने ? काम गर्नेलाई कामी त भन्छन् नि । । विश्वकर्मा लेखौं । यसले जातीय विभेद अन्त्य गर्न सघाउँछ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...