YouTube Link

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

Facebook Link

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । यो सहित नेपालमा मृतकको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टाईनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय विरेन्द्रनगर सुर्खेतले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ६ जनाले ज्यान गुमाइसकेका छन् । सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।

यसैबीच नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार महोत्तरीको ४ जना २५ देखि ५५ वर्षीय पुरुषहरु, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु र सिराहाका ११ जना १७ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तुको यशोधराका १६ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु सप्तरीका १८ देखि २८ वर्षका एक जना महिला र ८ जना पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु विजयनगर कपिलवस्तुका २६ देखि ५२ वर्ष उमेर भित्रका ३ जना हापुरे दाङका एकजना ३० वर्षीय पुरुष, बगलाचुरी दाङको ४ जना २७ देखि ३८ वर्षीय पुरुष र २८ वर्षीया एकजना महिला रहेकी छन् ।

यसैगरी नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । उनीहरु बाराहर्दियाका २४ वर्षीय पुरुष, पर्सा बसौनीका २ जना १८ र ६० वर्षीया महिला रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको पनि कोरोना पोजेटिभ आएको छ । उनीहरु सबैजना दैलेखका १४ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु संखुवासभा खादबारीका एकजना २३ वर्षीय पुरुष र संखुवासभाकै पाँचकपनका २२ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ । जसमध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...