YouTube Link

आज थप ७८ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ८२ पुग्यो, १११ निको भइ घर फर्किए

Facebook Link

काठमाडौं: नेपालमा आज थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममा पहिलो पटक संक्रमित देखिएका छन् । संक्रमित फेला परेका अन्य जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २६, बारामा २५, धनुषा, कपिलवस्तु र काठमाडौंमा तीन/तीनजनामा संक्रमण देखिएको बताए । यस्तै, बाँके र बर्दियामा चार/चारजना, दैलेखमा सात, सप्तरीमा दुई र अछाममा एक गरी कुल ६ सय ८२ जनामा संक्रमण भेटिएको हो ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि पनि मन्त्रालयले गरेको छ । जेठ २ गते अस्पताल भर्ना भएका उनको ४ गते नै मृत्यु भएको थियो । क्षयरोगका समेत बिरामी रहेका उक्त वृद्धको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, वीरगन्जको नारायणी अस्पतालबाटै १८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या १११ पुगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...