YouTube Link

कांग्रेस विशेष समितिले सभापति देउवालाई बुझायो सरकारले गर्नुपर्ने कामको फेहरिस्ता सहितको सुझाव

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विषेश समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी कार्यालय सानेपामा विशेष समितिले सरकारले गर्नुपर्ने कामको फेहरिस्ता सहितको सुझाव सभापति देउवालाई बुझाएको हो ।

प्रतिवेदनमा लकडाउनका कारण प्रभावित भएका क्षेत्र पहिचान गरेर राहत प्याकेज ल्याउन सुझाव दिइएको छ । भारतले १२ प्रतिशतसम्म राहतको प्याकेजको घोषणा गरेको भन्दै नेपालले समेत आफ्नो क्षमता अनुसारको राहत प्याकेज ल्याउन समितिले सुझाव दिएको छ । लकडाउनका कारण रोजगारी गुमाएका ७ लाख नागरिकका लागि वार्षिक एक सय दिनको ज्यालामा कम्तिमा ५१ हजार ७ सय रुपैयाँ सुनिश्चित गर्नुपर्ने सुझाव समेटिएको छ । त्यस्तै ३ लाख नागरिकलाई वार्षिक ५० दिनको २५ हजार ८ सय ५० रुपैयामा नघट्नेगरी स्थानीय विकासको काममा लगाएर रकम दिन समेत समितिले दिएको सुझावमा उल्लेख गरिएको छ ।

निर्यातजन्य उद्योगलाई व्याजअनुदान सहित सरल रुपमा ऋण प्रदान गर्ने व्यवस्था मिलाउन समेत कांग्रेसले गठन गरेको समितिले सुझाव दिएको छ । नेपालको सूचना प्रविधि क्षेत्रमा करिब १ लाखले रोजगारी पाएको उल्लेख गर्दै सूचना प्रविधिको विस्तारमा समेत सरकारले पहल लिन सुझाव दिइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतको नेतृत्वमा अर्थविदहरु सम्मिलित अर्थतन्त्र विषेश समिति गठन गर्ने निर्णय गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...