स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:४५
1.6K
shares
एजेन्सीः स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने भएको छ । कोरोना भाइरस महामारीका कारण स्थगित भएको लिग सुरु हुँदा पहिलो खेलमा रियल बेटिस र सेभिल्लाले प्रतिस्पर्धा गर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
यससँगै ला लिगा सुरु भए जर्मन बुन्डेस लिगापछि पुनः सुरु हुने युरोपका शीर्ष पाँच लिगहरूमध्ये दोस्रो लिग हुनेछ । त्यस्तै मे २८ मा ला लिगाले सबै क्लबहरूका साथ बाँकी खेल तालिका सार्वजनिक गर्ने बताइएको छ । बार्सिलोनाको अर्को खेल मलार्काविरुद्ध हुनसक्छ । जुन स्थगितअघि मार्च १५ मा हुने तय भएको थयो । त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाको शीर्ष १६ को दोस्रो लेग नेपोलि विरुद्ध खेल्न बाँकी छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:४५



















