भ्रमण स्वरुप भारत र दक्षिण अफ्रिकाले टि-२० खेल्ने
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:४४
1.5K
shares
एजेन्सीः दक्षिण अफ्रिका क्रिकेट बोर्ड (सिएसए) को आग्रहमा भारतीय क्रिकेट टिमले रोक्किएको क्रिकेट सचारु गर्ने पहिलो भ्रमण स्वरुप दक्षिण अफ्रिकासँग तिन टि-२० क्रिकेट खेल्ने निश्चित भएको छ ।
एक महिना लामो समयदेखि सिएसएले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग भ्रमणको बारेमा छलफल गरेको थियो । सिएसएले कोरोना महामारीका कारण रोक्किएको क्रिकेट गतिविध सूचारु गर्न दुई देशको क्रिकेट आवश्यक रहेको बताउँदै बीसीसीआईलाई टि २० खेलको लागि निम्तो दिएको छ ।
सिएसएका अनुसार भारतीय पक्ष पनि निम्तो प्रति सकारात्मक रहेको छ । यी दुईबिच तीन टि २० खेल खेल्ने विषयमा बीसीसीआईले अनौपचारिक रुपमा हरियो झण्डा उठाईसकेको सिएसएले बताएको छ । दुबै देशले आउँदो अगस्टमा दक्षिण अफ्रिकामा टि २० श्रृंखला खेल्ने सहमति भएको बुझिएको छ । तर दुबै देशको सरकाको अनुमति लिनुपर्ने भएकोले औपचारिक निर्णय लिएर घोषणा गर्न नसकिएको बताईएको छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:४४



















