कोरियाली जुडो खेलाडी चुनमाथि आजिवन प्रतिबन्ध
वि.सं.२०७७ जेठ २ शुक्रवार १३:२९
1.3K
shares
एजेन्सीः नाबालिकमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि दक्षिण कोरियाली ओलम्पिकका रजत पदक विजेता जुडो खेलाडी वाङ्ग की चुनमाथि आजीवन प्रतिबन्ध लागेको छ । नाबालिक माथिको यौन दुर्व्यवहारको अरोपमा कोरियाको डेगु जिल्ला प्रहरीले चुनलाई अनुसन्धानका निम्ति मे २ तारिखमा पक्राउ गरेको थियो ।
कोरियाको जुडो संघले चुनको ब्यवहार अमानविय रहेको भन्दै उनीमाथि आजिवन प्रतिबन्धको घोषणा गरेको हो । संघको अनुशासन कमिटीले प्रतिबन्धको सिफरिस गरेपछि संघले सर्वसम्मत प्रतिबन्धको निर्णय पारित गरेको हो । यस्तो क्रियाकलापले सिङ्गो कोरियाली जुडो संघमाथि दाग लाग्ने भएका कारण चुनलाई आजीवन प्रतबिन्धको घोषणा गरिएको हो ।
संघको निर्णय माथि चुनले असन्तसष्टिको निवेदन दर्ता गरेका छन् । उनले कोरियाली खेलकुद तथा ओलम्पिक कमिटीमा पुनरावेदन गर्ने अझै एउटा विकल्प बाँकी रहनेछ । सन् २००८ को बेईजिङ्ग ओलम्पिकका रजत पदक विजेता चुन यसअघि पनि अनेकन विवादमा रहने गरेका थिए । चुनले बेईजिङ्ग ओलम्पिकमा ७३ केजी तौल समूहमा रजत पदक हात पारेका थिए । २ पटकका एशयिन च्याम्पियन चुन सन् २०१२ को ओलम्पिकमा कास्य पदकका लागि भिडेका थिए तर सफल हुन सकेनन् ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १३:२९



















