Texas College
YouTube Link

संसदमै मागे बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा

Facebook Link

काठमाडौं: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोग कब्जा गर्ने तथा अरु पार्टीहरुलाई फुटाउने उद्देश्यले २ वटा अध्यादेश ल्याएको तथा पार्टी फुटाउन सांसदकै ‘अपहरण’ गर्न लगाएर गल्ती गरेको डा भट्टराईको भनाइ छ । ‘लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं । यो व्यवस्था असफल हुँदा हामी सबै असफल हुन्छौं । आरोप प्रत्यारोपभन्दा पनि हामी सबैले आत्म समीक्षा गरौं,’ डा. भट्टराईले भने, ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, यदि उहाँले साँच्चै नै आत्म निरीक्षण र आत्मालोचनाको प्रक्रिया शुरु गर्नु भएको हो भने नैतिकता प्रदर्शन गर्नु आवश्यक छ ।’

डा भट्टराईले प्रधानमन्त्रीले लोकतन्त्रको छविलाई बचाउनका लागि अहिलेको सन्दर्भमा राजीनामा दिनु नै उपयुक्त विकल्प भएको बताए । ‘कुर्सीमा बसेर, सत्ताको प्रयोग गरेर ठूलो भइँदैन । नैतिक आचरण ठूलो हुनुपर्छ । यसका निम्ति प्रधानमन्त्रीमा मेरो आग्रह छ तपाई जुन उचाइमा पुग्नु भएको छ त्यहाँ रहनुहोस् । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ,’ भट्टराईले भने, ‘लोकतन्त्रको छविलाई बचाएर तपाईंले आफ्नै छविलाई बचाउन राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो उचित निकास हुन्छ ।’

भट्टराईले आफ्नो सम्बोधनका क्रममा महाव्याधिमा अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न वितरण गर्ने सबैप्रति अभार प्रकट गरे । कोरोना परीक्षण निकै कम भएको भन्दै उनले ‘प्रोक्सी टेस्ट’ समेत गर्न सकिने सुझाव दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...