नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या १०२ पुग्यो
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:४७
1.3K
shares
काठमाडौं: नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:४७



















