संघीय संसदको बजेट अधिवेशन शुरु
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:४६
1.4K
shares
काठमाडौं: संघीय संसदको छैटौं (बजेट अधिवेश) शुरु भएको छ । शुक्रबार अपराह्न शुरु भएको बैठकमा सभामुख अग्नि सापकोटाले संघीय संसदको छैटौं अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संवैधानिक परिषद अध्यादेश र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ प्रस्तुत गरेका थिए ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:४६



















