नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ: प्रधानमन्त्री ओली
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०९:२१
1.1K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गरेका छन् ।
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०९:२१



















