भारतीय नागरिकको हुल जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झापामा सशस्त्र प्रहरीद्वारा हवाई फायर
वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:२२
1.3K
shares
काठमाडौं: झापास्थित नेपाल-भारत सीमाबाट भारतीय नागरिकहरुको हुल जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै उक्त समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
गए राति एक सय जना जतिको संख्यामा भारतीय नागरिक झापाको झापा गाउँपालिका-४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेका थए । प्रहरी उपरीक्षक कोइरालाले मंगलबार बिहान त्यस क्रममा उनीहरूले प्रहरीलाई नै आक्रमण गरेपछि सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेको बताए ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएको छ । नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमित देखिन थालेपछि सरकारले नेपालीलाई समेत छिर्न नदिई सिमा नाकामा कडाइ गरेको छ ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:२२




















