लकडाउनमा पोखरा रंगशाला फुटबल मैदानको निर्माण धमाधम
वि.सं.२०७७ वैशाख २० शनिवार ११:१५
1.1K
shares
पोखराः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन पुरा देश लकडाउनको अवस्थामा देशका अधिकांश विकास आयोजना ठप्प जस्तै छन् । तर, पोखरा रंगशाला भित्र थालिएको वैकल्पिक फुटबल मैदानको निर्माणले भने तिव्रता पाएको छ ।
संघीय सरकारको ९० लाख बजेटमा बनिरहेको सो मैदान निर्माणको काम अहिले तिब्र गतिमा अघि बढिरहेको छ । निर्माणको करिब ८० प्रतिशत काम सकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिले जनाएको छ । मैदानमा अहिले दुबो लगाउने काम भइरहेको छ ।
मैदान निर्माणमा करिब ३० जना कर्मचारीले काम गरिरहेको बताईएको छ । निर्माण कार्यमा संलग्न श्रमिकले कोरोनाको संक्रमणबाट बच्न मास्क, पन्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर काम गरिरहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अगाडीनै वैकल्पिक फुटबल मैदानको निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको थियो ।
तर प्रतियोगिता आयोजना लगायतका विविध कारणले निर्माण कार्य समयमै पुरा हुन सकेन । करिब तीन महिना अलपत्र परेको निर्माणको कामले लकडाउनको समयमा तिव्रता पाएको हो । एन्फा कास्कीको आन्तरिक विवाद, बजेट लगायतका समस्याले मैदान निर्माणको काम प्रभावित बनेको थियो ।
वि.सं.२०७७ वैशाख २० शनिवार ११:१५



















