चालू आर्थिक वर्षमा राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने सम्भावना
वि.सं.२०७७ वैशाख २० शनिवार ११:१६
1.1K
shares
काठमाडौं: चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ । जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो ।
सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये खेल संघका लागि तीन अर्ब ४७ करोड, प्रदेशका लागि ३६ करोड ५१ लाख र स्थानीय तहका लागि १४ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमा युवाको बजेट कटौती गरेर तीन अर्ब रुपैयाँ खेलकुदलाई आएको थियो ।
अघिल्लो आर्थिक बर्षमा चार करिब अर्ब १९ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपनि आर्थिक वर्ष सकिनै लाग्दा तोकिएको बजेट खर्च हुन नसकेर ५० करोड जति फ्रिज हुने भएको हो ।
वि.सं.२०७७ वैशाख २० शनिवार ११:१६



















