कुनैपनि हालतमा फुटबल लिग सिरी ए रद्द नगर्नेः ग्राविना
वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:४५
1.4K
shares
एजेन्सीः ईटालिका फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राविनाले ईटालिको फुटबललाई असर पर्ने गरी कुनैपनि हालतमा फुटबल लिग सिरी ए रद्द नगर्ने जनाएका छन् । सिरी ए लिग गत मार्चदेखि कोरोना भाईरस महामारीका कारण रोकिएको छ ।
ईटालिका प्रधानमन्त्री युसेप कोन्टेले ब्यवसायिक फुटबलका खेलाडीहरुले मे महिनाको १८ तारिखबाट प्रशिक्षण संचालन गर्न सक्ने बताईसकेका छन् । यद्यपी अहिलेको अवस्था हेर्दा कुन समयमा कसरी लिग सूचरु गर्न सकिन्छ भन्ने हेर्न बाँकी छ । युरोपमा कोरोनाको संक्रमणले बढी ग्रस्त बनाएपछि तत्काले यसै समयमा लिगहरु सूचारु गर्न सकिन्छ भनेर कसैले पनि यकिन निर्णय गर्न सकेको छैन ।
तर ईटालिका फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राविनाले अहिले नै आफू सिरी ए लिग अन्त्य भएको मान्न तयार नरहेको धारणा अघि ल्याएका छन् । सिरी ए लिग ईटालि फुटबलको मेरुदण्डको भएकोले लिग सूचरु गर्नेतर्फ आफूहरु अझै उद्दत रहेको उनले बताए ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:४५



















