YouTube Link

पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै

Facebook Link

काठमाडौं: पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ ।

बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकको साथ पनि हुनेछ । त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपाल सहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...