Texas College
YouTube Link

लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग

Facebook Link

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानून बमोजिम कारवाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आयोगले आग्रह गरेको छ ।

लकडाउन उल्लङ्घन गरेको आरोपमा यही वैशाख ३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा शम्भु खनाल, डा तेजप्रकाश शाह र डा विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको थियो ।

आयोग सहित नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रतिनिधि सम्मिलित आयोगको केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले अनुगमनबाट प्राप्त तथ्यअनुसार चिकित्सकले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको र कुटपिट गरेको देखिएको छ । कुटपिटबाट डा तेजप्रकाशको दाहिने हात सुन्निएको र नीलडाम रहेको पाइएको छ ।

आयोगले सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौँको कलङ्कीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढङ्गले कुटपिट गरेको, बैतडी, दार्चुला लगायतका जिल्लामा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको पाइएको जनाएको छ ।

आयोगले लकडाउनको अवस्थामा सरकारले जारी गरेको निर्देशनको पालना गर्दा÷गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्नसमेत आयोग आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...