कोरोना कहरः अमेरिकामा २३ हजार भन्दा बढीको मृत्यु, विश्वभर १९ लाख २४ हजार भन्दा बढी संक्रमित
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:१७
2K
shares
काठमाडौं: कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ । विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । त्यहाँ विगत २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ ।
इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ । त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ विगत २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन् ।
विश्वमा मृतकको संख्या १ लाख १९ हजार ६ सय ९२ रहेको छ भने १९ लाख २४ हजार ६ सय ७९ संक्रमित छन् । विश्वभर ४ लाख ४५ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:१७



















