जर्मन बुन्डेस लिगा मे महिनामा शुरु हुने
वि.सं.२०७६ चैत २७ बिहीवार १०:२२
1.2K
shares
एजेन्सीः जर्मन फुटबल लिगका प्रमुख कार्यकारी क्रिष्टियन सेफर्टले जर्मनीको शिर्ष दुईवटा फुटबल लिग मे महिनाबाट शुरु हुने बताएका छन् । लिगका प्रमुख कार्यकारी क्रिष्टियन सेफर्टले बुन्डेस लिगा आगामी मे महिनाबाट बन्द स्टेडियममा शुरु हुने बताएका हुन् ।
जर्मनीको शिर्ष दुई ठूला फुटबल लिगहरु अप्रिल ३० सम्मका निम्ति स्थगित गरिएको छ । सेफर्टले एउटा पत्रिकासँगको कुराकानीमा जर्मनीको शिर्ष दुई फुटबल लिगहरु सूचारु गर्ने तय भएको छ । बुन्डेसलिगा आगामी महिनाबाट शुरु हुने जनाएका छन् । उनले भने, ‘बुन्डेस लिगा र बुन्डेस लिग २ शुरु गर्ने योजना बनेको छ । बुन्डेसलिगा बन्द स्टेडियम भित्र आगामी महिनाबाट शुरु गर्नेछौ ।’
वायर्न म्युनिखका प्रमुख कार्यकारी हार्बर्ट हाईनरले नयाँ ट्रान्सफर सिजनमा खेलाडीको मुल्यमा समायोनसहितको योजना बन्नुपर्ने धारणा राखेका छन् । यता लिगका प्रमुख कार्यकारी सेफर्टले समायोजन होईन नयाँ ट्रान्सफर सम्भव नभएको जिकिर गरे ।
वि.सं.२०७६ चैत २७ बिहीवार १०:२२




















