विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार बढी, संक्रमितको संख्या १० लाख नाघ्यो
वि.सं.२०७६ चैत २१ शुक्रवार १०:३६
1.3K
shares
काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ भने विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।
विश्वभर दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ । अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भएको छ । १ सय ८९ नयाँ मृत्यु थपिएको छ ।
इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९ सय १५ को मृत्यु भएको छ । ७ सय ६० नयाँ मृतक थपिएका छन् । इटालीपछि सबैभन्दा बढी १० हजार ३ सय ४८ जनाको ज्यान गएको छ । बेलायतमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यहाँ नयाँ मृतक संख्या ५ सय ६९ थपिएको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७ सय १८ पुगेको छ ।
इरानमा मृत्यु हुनेको संख्या ३ हजार १ सय ६० पुगेको छ । नेदरल्याण्डमा १ हजार ३ सय ३९, जर्मनीमा १ हजार १ सय ७, बेल्जियममा १ हजार ११ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १०:३६




















