नेपालमा भेटिए कोरोना भाइरसको छैटौं संक्रमित
वि.सं.२०७६ चैत २० बिहीवार १६:४८
1.2K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमणको छैठौं व्यक्ति फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका दुई युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।
कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ । यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो ।
वि.सं.२०७६ चैत २० बिहीवार १६:४८




















