YouTube Link

प्रदेश दुईले पाएन नाम, प्रदेशको नामाकरणका लागि अब नयाँ प्रकृया अपनाउनु पर्ने

Facebook Link

जनकपुरः प्रदेश नम्बर दुईको नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो ।

प्रदेश दुईमा प्रतिनिधित्व गर्ने दलहरुसँग दुई तिहाई मत नरहेका कारण मतदान प्रकृयाबाट समेत कुनै पनि प्रस्तावले दुई तिहाई मत प्राप्त गर्न सकेनन् । प्रदेश दुईको नामाकरणका लागि प्रस्तावित ‘मधेश’, ‘मध्यमधेश’, ‘जानकी’ र ‘मिथिला भोजपुरा’ चार वटै प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रदेशका सत्तारुढ दल राजपा र समाजवादीले प्रस्ताव गरेको चौथो प्रस्ताव मधेस प्रदेशको प्रस्तावमा ६० मत परेको छ । विपक्षमा ४८ मत खसेको छ । एक मद बदर भयो । यो प्रस्तावमा दुई तिहाई मत पुग्न १२ मत मात्रै कमि भयो । त्यसअघि तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको थियो । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको छ । मध्यप्रदेशको विपक्षमा ६५ मत खस्यो भने मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो । यस्तै विपक्षमा ७९ मत खसेको थियो ।

त्यस्तै नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो । जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो । चारवटै प्रस्ताव अस्वीकृत भएपछि पुन अर्कोपटक मतदान गर्नुपर्ने भएको छ ।

प्रदेश दुईको प्रदेश सभामा कुल १ सय ७ सदस्य रहेका छन् । दुई तिहाई मतका लागि ७२ मत आवश्यक थियो । कुनैपनि प्रस्तावले बहुमतको आँकडा पार गर्न सकेन । कुनैपनि प्रस्तावले बहुतमत प्राप्त गर्न नसकेपछि प्रदेशको नामाकरणका लागि अब नयाँ प्रकृया अपनाउनु पर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...