YouTube Link

पिकनिक, पिकनिक अनि पिकनिक कत्तिको रमाईलो भयो त ?

Facebook Link
vision

पिकनिक, पिकनिक अनि पिकनिक । चाहे स्कुल होस्, चाहे कलेज, कपिसप हुन् या सरकारी तथा गैरसरकारी कार्यालयहरू अथवा सार्वजनिक स्थलहरू । त्यस्तो कुनै स्थान नहोला जहाँ हिजोआज दिनमा एक पटक पिकनिक शब्द उच्चारण नभएको । जाडो महिनाको सुरुवातसँगै पिकनिकको चर्चा र महिमाले समाजमा व्यापकता पाउने गरेको छ ।

 

के बच्चा, के बृद्ध ? सबैलाई पिकनिकको रौनक उत्तिकै लाग्ने गरेको पाइन्छ । अझ युवा पुस्ताको जोश र जाँगरले त पिकनिकको गरिमालाई चुलिमा पुर्याएको छ । जवान-जवानीका रङ्ग अनि बालापनको कौतुहलता र वयस्कका जीवनका डुङ्गहरूका फ्यूजनले त पिकनिकको प्रचुरतामा आँच आएको छैन । एकथरीको तर्क छ, सबै उमेर र समूह समावेश भएको मिश्रण पिकनिकको रौनक अन्यको भन्दा आकर्षण रहन्छ । युवा पुस्ताका प्रेमालाप, हाउभाऊ, वयस्कको नेतृत्वदायी भूमिका साँच्चै पर्याप्त मनोरञ्जनका माध्यम हुन् । त्यसमाथि प्राकृतिक सुन्दरता, वनजंगल, खुल्ला आकाश र पिकनिक स्पोट वरपरको मौसमले मनोरञ्जनमा मादकता प्रदान गर्छ र मन चंग हुन्छ । “धेरै रमाइलो भयो, नाचियो, साथीभाईसँगको भेटघाटले एकदमै आनन्द आयो ।” भक्तपुरस्थित निलबाराहीमा पिकनिक मनाएर फर्किएका सन्तोष गोर्खालीको भनाई हो, यो ।

 

 

आफ्ना आफन्त र साथीभाई मिलेर आयोजना गरेको यस पिकनिक कार्यक्रमको बारेमा रामहरि ढुंगेल थप्छन् “हामी साथीभाई मिलेर एउटा समुह बनायौ र एकै ठाउँमा भेला पनि हुने र रमाइलोसँग नाचगान पनि गर्न पाइने भएकोले साथीहरूसँग रमाइलो हुँदा त कम्ती ‘इनजोए’ हुँदैन रहेछ ।” तपाईहरू मध्ये कति त पिकनिक मनाएर फर्किसक्नुभयो होला । कतिले पिकनिक जाने योजना बनाइरहनु भएको होला, कतिले चाहिँ यो दिन जाने भनेर कार्यक्रम तयारी समेत गर्दै हुनुहुन्छ होला । पिकनिक जाने समय र कारण यही हो भनेर नभनिए पनि मानिसहरू परिवर्तनको चाहना राख्ने र परिवर्तित वातावरणको खोजी गर्दै नयाँ स्थलको खोजीमा पुग्ने साथमा परिवर्तनको चाहना स्वरूप विभिन्न मनोरञ्जनको साधनहरूको विकास गर्ने क्रियाकलापबाटै समाजमा पिकनिकको उत्पत्ति र थालनी भएको र आजसम्म पनि यो त्यस्तै तवरले अघि बढेको विचार समुहका जेष्ठ नागरिक मातृका निरौला बताउँछन् ।

 

 

पिकनिकमा सहभागी रानिका राई सुनुवारका अनुसार मानिसहरू एकै स्थान, क्षेत्र र वातावरणमा गुचुमुच्च भएर बस्दा बस्दा दिक्क महशुस गरिरहेको हुने र त्यसलाई भुल्न, मेटाउन एकान्त स्थल, खुल्ला डाँडा, चौर र मनोरञ्जन क्षेत्र र मनोरञ्जनको आकांक्षा राख्ने कारणले पिकनिक मौलाएको बताउँछिन् । अर्का सहभागी बिना कटुवाल बुढाथोकी थप्छन् जाडो महिनामा पिकनिकको माहौल बढी हुनुमा पारिलो घाम लाग्ने डाँडामा गएर मिठो मिठो परिकारको साथ साथीभाइबीच गरिने मनोरञ्जन नै प्रमुख कारण रहेको उनको ठहर छ ।

 

विशेष गरेर जाडो महिनामा पिकनिकको लागि उत्तम भनेर नछुट्याए पनि मंसिरदेखि फागुन महिनासम्म पिकनिक जानेको संख्या बढी हुने गरेको र कामको थकानलाई इनजोए गरेर वर्षको एक दिन फ्रेस हुने माध्यम भएको पूर्ण विश्वकर्माको भनाई छ । यतिबेला काठमाडौ वरपरका धुलिखेल, ककनी, नमोवुद्ध, लाकुरीभञ्ज्याङ्ग, त्रिभुवनपार्क (थानकोट), नगरकोट, चाँगुनारायण, गोदावरी, दक्षिणकाली लगायतका स्पोटहरूमा सार्वजनिक विदाका दिनहरूमा हजारौको संख्यामा पिकनिक मनाउनेहरूको उपस्थिति देख्न सकिन्छ ।

 

 

पिकनिक मनाउनेहरूको तामझाम, सांगीतिक र सांस्कृतिक पक्षको रौनकले ती क्षेत्रहरू यतिबेला आकर्षकीय बनेका छन् । त्यति मात्र पनि होईन आजभोलि त विभिन्न पार्टी, संघसंस्था, क्लब विशेषका सभा, सम्मेलन र गोष्ठीहरू पनि पिकनिक स्पोटमै पिकनिक मनाएरै गर्ने भएकाले पनि ती क्षेत्रहरू थप उल्लासमय बन्ने गरेका छन् ।

 

स्वास्थ्य, स्वच्छ रूपमा साथीभाई, इस्टमित्रहरू माझ खुशी साटासाट गर्न पिकनिकको आयोजना हुने गरेको पिकनिकमा सहभागी बद्री भुषाल बताउँछन् । वर्ष दिनमा एक दिन नजिकका साथीहरू मिलि कतै नौलो र विशेष स्थानमा गएर विभिन्न खानेकुराहरू खाने, कम्मर मर्काई-मर्काई धीत मरुन्जेल नाच्ने र एक अर्कामा रमाइलो गर्ने, ‘टेन्सन’ कम गर्ने, ‘फ्रेस’ हुने कारणहरूले पिकनिकको रौनकता दिनदिनै बढेको अर्का सहभागी सशिकला राई बताउँछिन् ।

 

 

एकातिर यसको सकारात्मक पक्ष प्रवल छ । आफ्नो ठाउँमा भने अर्कोतिर पिकनिक गएर स्वतन्त्र भएको नाममा अत्याधिक मादक पदार्थ सेवन गर्ने, एउटै स्पोटका र स्पोट बाहिरका अन्य व्यक्तिहरूसँग अनायशमा झगडा गर्ने, एउटा समुहले अन्य समुहका युवतीहरू जिस्काउने, नराम्रो व्यवहार गर्ने गरेको यदाकदा सबैले सुन्ने गरेकै हो । यस्ता कारणले केही हदसम्म पिकनिकको वास्ताविक पहिचानलाई भने धक्का दिएको बताउँछिन् सहभागी शोभा ढुंगेल ।

 

अझ पिकनिक जाने वहानामा एउटै गाडीमा क्षमता भन्दा बढी यात्रु चढ्ने, गाडी चालकलाई गाडी अप्ठ्यारो बाटोहरूमा जबर्जस्ती लान लगाउने, गाडी चालकहरूले मादक पदार्थ सेवन गरी गाडी चलाउने, पिकनिक आयोजकले पनि त्यस्ता कुराहरूमा ध्यान नदिने कार्यहरूले गर्दा अप्रिय घटना समेत घट्ने गरेको छ । तसर्थ, यी कुराहरूप्रति हामी समयमै चनाखो र सजग भने हुनैपर्छ । नत्र जोशमा होस गुमे के गर्ने ? सबैलाई पिकनिकको शुभकामना ।

तस्बीरमा पिकनिकः

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...