YouTube Link

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

Facebook Link

काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा आज उप निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम-२ मा निर्वाचन हुन लागेको हो । यस्तै कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त बझाङ-१ (१) मा निर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र  प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ-१ (१) ६१ हजार ७४८ मतदाता छन् । आयोगका अनुसार इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । दुवै जिल्लाका स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन् । आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...