Texas College
YouTube Link

मछिन्द्र फुटबल क्लबले उचाल्यो केपी ओली कपको उपाधि

Facebook Link

 

काठमाडौं: केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले उचालेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक उपाधि उचालेको हो ।

 

एनआरटीलाई मछिन्द्रले टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको थियो । निर्धारित ९० मिनेटमा मछिन्द्रकै प्रभुत्व रहेको थियो । धेरै मौकाहरु सिर्जना गरेपनि मछिन्द्रले गोल भने गर्न सकेन । उता एनआरटीले पनि केही मौकाहरु पाएको थियो ।

 

टाइब्रेकरमा मछिन्द्रले ५ र एनआरटीले ४ पेनाल्टीमा गोल गरेपछि एनआरटीका विवेक गुरुङले पेनाल्टी लिनका लागि अघि सरेका थिए । तर उनको पेनाल्टी पोस्ट भन्दा केही टाढाबाट बाहिरिएको थियो । टाइब्रेकरमा मछिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरेका थिए भने एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

 

मछिन्द्रले उपाधि सहित ११ लाख रुपैयाँ हात पारेको छ भने एनआरटी ५ लाखमा सिमित हुन पुगेको छ । गत संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई हराउँदै उपाधि उचालेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...