YouTube Link

अर्थ व्यवस्था लयमा नहिंडी मुलुक समृद्ध कसरी बन्ला ?

World Cup 2026
Facebook Link
vision

नेपाल आफैंमा पर्यटकीय मुलुक हो । यहाँको भौगोलिक विविधता, आ-आफ्नै रहन-सहन, संस्कृति, भेषभूषा, भाषा, मठ-मन्दिर, देवालय-शिवालय, प्राकृतिक सुन्दरता बाह्य पर्यटकका लागिमात्र होइन, आन्तरिक पर्यटकलाई पनि एक-आपसमा लोभ्याउने खालका छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि घट्दै गएको बाह्य पर्यटकको आगमन कोरोना नाम गरेको मानव जातिविरुद्ध अदृश्य शत्रुका रुपमा जाइलागेको भाइरसद्वारा फैलाइएको कोभिड-१९ पछि ठप्पप्रायः छ । वर्तमानमा मुलुकको आर्थिक अवस्था यति नाजुक बन्दै गएको छ कि यसलाई तत्काल सुधार गर्ने बाटोमा नगए कुनै पनि बेला मुलुक असफल राष्ट्रको श्रेणीमा पुग्न बेर लाग्दैन ।

 

खस्किंदै गएको आर्थिक अवस्थाबाट मुलुकलाई पार लगाउन आन्तरिक पर्यटकको प्रवर्द्धन पनि एउटा माध्यम बन्न सक्छ । बाह्य पर्यटकको आगमन कम भएका बेला आन्तरिक पर्यटकको प्रवर्द्धन गर्दा तत्-तत् ठाउँको आर्थिक विकासमा टेवा पुग्न सक्छ । आन्तरिक पर्यटकबाट प्रचारात्मक अभियानमार्फत् बाह्य पर्यटकलाई आकर्षित गर्न थप मद्दत पुग्छ । यस्तै हाइब्रेड उत्पादन गर्ने होड्बाजीले अम्लीय हुँदै गएको उर्वरा माटोलाई उत्पादनमूलक बनाई कृषिमा क्रान्ती ल्याएर युवा पुस्तालाई व्यवसायिक कृषितर्फ आकर्षित गर्दै उनीहरुलाई कृषिमा सहुलियतलगायतका सुविधाहरु दिन सके यो मुलुकको आर्थिक विकासको मूल मेरुदण्ड बन्नसक्नेमात्र होइन, दैनिक हजारौंको संख्यामा खाडीतर्फ लाग्ने युवाहरुको श्रम स्वदेशमै सिञ्चित हुनेछ ।

 

यी र यस्ता थुप्रै सवालमा राज्य सञ्चालनका निकायहरु अब पनि गम्भीर नबन्ने हो भने मैले माथि नै भनिसकें आर्थिक दूरावस्थाले मुलुक असफल राष्ट्र बन्ने खतरा रहन्छ । नेपालीहरुको आर्थिक दूरावस्था यति चरम भइसकेको छ कि पार्टी प्यालेसमा विवाह-ब्रतबन्धलगायतका कार्यक्रम हुनै छाडिसके । पार्टी प्यालेसको सट्टा मठ-मन्दिरमा विवाह-ब्रतबन्धलगायतका कार्यक्रम गर्नु बाध्यता हुँदै गएको छ । हामी होटल-पार्टी प्यालेस व्यवसायमा लागेका व्यवसायीहरु व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगिसकेका छौं । होटलहरु आन्तरिक ग्राहकका कारण जेनतेन चलिरहेको अवस्था छ भने सिजनमा केही कमाएर वर्षभरि स्टाफ, भाडालगायत धान्नुपर्ने पार्टी प्यालेस व्यवसाय चौपट नै छ । होटल-पार्टी प्यालेसमात्र होइन, मुलुकका हरेक आर्थिक उपार्जनका क्षेत्रहरु तहस-नहस हुनु दुर्भाग्यबाहेक के हुन्छ ?

 

ओरालो लागेको अर्थ व्यवस्थालाई लयमा नफर्काई मुलुकको समृद्धिको कुरा गर्नु फोस्रो गफबाहेक केही हुँदैन । आर्थिक उन्नतिका निम्ति हरेक व्यापार-व्यवसाय, उद्योगधन्दालाई सहज चल्ने वातावरण बनाउनु राज्यको दायित्व हो । यसका साथै व्यापार-व्यवसाय, उद्योगधन्दाका नयाँ गन्तव्य पहिचान गरेर लगानीको वातावरण बनाउनै पर्छ । व्यापारी, व्यवसायी र उद्योगीहरुलाई राज्यका निकायहरुले पेल्ने होइन, जतिसक्दो प्रोत्साहन गर्नुपर्छ । कोभिड-१९ लगायतका कारणले निरीह बनेको अर्थतन्त्रलाई सरकार-निजी क्षेत्र सबै मिलेर कसरी लयमा फर्काउन सकिन्छ ? आजैबाट गम्भीर चिन्तन-मनन् गरौं ।

 

जाजरकोटलगायत रुकुम पश्चिममा गएको भूकम्पले जनधनको अपुरणीय क्षति पुर्यायो । यो दुःख र पीडा कहालीलाग्दो छ नै यसको असर अब सीधै अर्थतन्त्रमा देखिंदै जानेछ । त्यहाँ भूकम्प जाँदा हाम्रो पनि मन दुख्यो, आत्मा रोयो । एउटा नेपालीलाई काँडा बिझ्दा अर्को नेपालीलाई दुख्ने हाम्रो स्वभाव र संस्कार नै हो । आफ्नै व्यवसाय चौपट भएको यो बेला भूकम्पपीडितको पीडाले मलाई छट्पटी भयो । सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने ध्येयका साथ मैले पनि व्यक्तिगत पहल गरेर लत्ता-कपडा, खाद्यान्नलगायतका सामग्री भूकम्पपीडित जाजरकोट र रुकुम पश्चिमका बुबाआमा, दाजुभाइ, दिदीबहिनीका लागि पुर्याउन पाउँदा मन साह्रै प्रफूल्लित भएको छ । अधोगतितर्फ लागेको व्यवसायलाई उँभो लगाउँदै लैजाउँला । तर, यस्तो पवित्र सेवा गर्ने मौका बीरलै मिल्छ ।

 

भूकम्पपीडितका लागि जुन सहयोग जुटाएँ मैले, त्यसलाई त्यहाँसम्म पुर्याउनका लागिमात्र होइन, सम्बन्धित जिल्लासम्म काठमाडौंदेखि जाने भूकम्पपीडितका परिवारहरुलाई निःशुल्क यातायातको व्यवस्था गरेर पूर्वअरनिको यातायात प्रा.लि.ले जुन पुण्य कर्म गर्यो, त्यो सदा अविष्मरणीय रहने छ । यो सन्दर्भ मैले किन पनि उठाएको हो भने मानवता हराउँदै गएको समाजमा यस्ता सन्दर्भले मानवता जगाउन पनि मद्दत पुग्छ । अर्को पक्ष भनेको नागरिक समाज नै यसरी उद्धार र राहतमा खटिएपछि राज्यलाई पनि जतिसक्दो चाँडो तत्पर हुन उत्प्रेरणा मिल्छ । अनि यस्ता विपत्तिहरुले मानवीय र भौतिक क्षतिसाथै मुलुकको अर्थतन्त्रमा सीधै असर पार्ने हुँदा भविष्यमा यस्ता किसिमका विपत्तिहरुसँग सचेत रहन पनि घचघच्याउँछ ।

 

अरु जे होस्, मुलुकको समृद्धिका निम्ति आर्थिक उन्नति पहिलो शर्त हो । ओरालो लागेको अर्थ व्यवस्थालाई लयमा नफर्काई मुलुकको समृद्धिको कुरा गर्नु फोस्रो गफबाहेक केही हुँदैन । आर्थिक उन्नतिका निम्ति हरेक व्यापार-व्यवसाय, उद्योगधन्दालाई सहज चल्ने वातावरण बनाउनु राज्यको दायित्व हो । यसका साथै व्यापार-व्यवसाय, उद्योगधन्दाका नयाँ गन्तव्य पहिचान गरेर लगानीको वातावरण बनाउनै पर्छ । व्यापारी, व्यवसायी र उद्योगीहरुलाई राज्यका निकायहरुले पेल्ने होइन, जतिसक्दो प्रोत्साहन गर्नुपर्छ । कोभिड-१९ लगायतका कारणले निरीह बनेको अर्थतन्त्रलाई सरकार-निजी क्षेत्र सबै मिलेर कसरी लयमा फर्काउन सकिन्छ ? आजैबाट गम्भीर चिन्तन-मनन् गरौं ।

 

(होटल-पार्टी प्यालेस व्यवसायका साथै समाजसेवामा समेत सक्रिय रहेका अमृतबहादुर कार्कीसँग गरिएको कुराकानीमा आधारित)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...