YouTube Link

यो मुलुकमा धर्मयुद्ध त हुन दिनै हुँदैन

Facebook Link
vision

अहिले धर्मको बहस खुब चलिराखेको छ । हामीले हिन्दू-मुश्लिम, शिख, जैन, किराँत जुन धर्म माने पनि हामी एउटै मानव हौं भन्ने भावना जागृत गराउन जबसम्म धर्म गुरुहरु एक हुँदैनन्, तबसम्म धार्मिक युद्धको खतरा टर्दैन । त्यसकारणले पनि धर्म गुरुहरुका बीचमा एकता भएर हाम्रो बैदिक सनातन धर्मअन्तर्गत सबै धर्महरुले आफ्नो अस्तित्व सुरक्षित भएको महसुस गराउन सक्दा नै वैदिक सनातन हिन्दू राज्य नेपाललाई फाइदा पुग्ने तर्फ सबैको ध्यान जानु जरुरी छ ।

 

नेपाल जेठो राष्ट्र हुनुको नाताले पनि हाम्रो सनातन धर्मअन्तर्गत यहाँ सबै किसिमका धर्महरु सुरक्षित हुनुपर्छ । हामीले सबैलाई समेटौं र राष्ट्रिय एकताका निम्ति राजसंस्थाहरुको नेतृत्वमा वैदिक सनातन राष्ट्रको अस्तित्व जोगाऔं । यसका निम्ति गोरक्ष राष्ट्र नेपालमा सबैको अस्तित्व सुरक्षित रहन सक्छ । नेपालको हिन्दू हिमवत् खण्डबाट आएको हो । त्यसकारण यहाँ जे-जति धर्म मान्ने सम्प्रदायहरु छौं, सबै एकै हौं भन्ने भावनाका साथ आ-आफ्नो संस्कार, धर्म-संस्कृति, सभ्यता बचाउनतिर लागौं ।

 

वेदमा सबै धर्म अटाएका छन् । हिन्दूहरुको मात्रै वेद होइन । त्यही वेदमार्फत् अमेरिका र चीनले कत्रो प्रगति गरिसके । हाम्रो नेपालका राजनीतिक दलहरु पनि देश र जनताको भाग्य र भविष्य सुरक्षित राख्नका निम्ति वेदको अध्ययनमार्फत् एकत्रित हुनुपर्यो । जम्माजम्मी तीन करोड जनता छन्, सयभन्दा बढी राजनीतिक दलको के काम ? नेपालप्रति लालायित नहुने विश्वको कुन देश छ ?

 

प्रकृतिमय राजसंस्था सबै धर्मको अभिभावकका रुपमा रहनुपर्छ । कुनै एउटा दलविशेषले राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा बोकेर हिँड्दा अर्को पक्षलाई चित्त नबुझ्न सक्छ । त्यसकारण प्रकृतिमय राजसंस्थालाई सबै दल, सबै धर्म, सबै जातजातिले आफ्नो अभिभावकको रुपमा लिने वातावरण बनाउनु आजको आवश्यकत हो । नेपालको राजसंस्था भनेको जगत थाम्ने संस्था हो, सबैको साझा अभिभावकको रुपमा राजसंस्था रहन्छ । यस्तो साझा संस्थालाई कुनै दलविशेष र धर्मविशेषले आफ्नो स्वार्थपूर्तिका निम्ति भजाउन मिल्दै-मिल्दैन ।

 

वेदमा सबै धर्म अटाएका छन् । हिन्दूहरुको मात्रै वेद होइन । त्यही वेदमार्फत् अमेरिका र चीनले कत्रो प्रगति गरिसके । हाम्रो नेपालका राजनीतिक दलहरु पनि देश र जनताको भाग्य र भविष्य सुरक्षित राख्नका निम्ति वेदको अध्ययनमार्फत् एकत्रित हुनुपर्यो । जम्माजम्मी तीन करोड जनता छन्, सयभन्दा बढी राजनीतिक दलको के काम ? नेपालप्रति लालायित नहुने विश्वको कुन देश छ ? किनभने नेपाल सबैभन्दा जेठो देश हो । सबैको मूलजरो यहीँ छ । यस्तो पवित्र देशलाई हामीले धर्म, जात, भाषाको कुरा उठाएर युद्धमा फसाउनु हुँदैन । झन् यो मुलुकमा धर्मयुद्ध त हुन दिनै हुँदैन । यी सबै समस्याको समाधानका निम्ति राजसंस्थालाई अभिभावकका रुपमा स्वीकारेर गोरक्ष राष्ट्र नेपालका निम्ति अघि बढौं ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...