YouTube Link

कोरोनासँगै देशभर चिसो बढ्यो, अझ सतर्क रहन जरुरी

Facebook Link
vision

यतिबेला काठमाडौ उपत्यका लगायत देशभर चिसो ह्वात्तै बढेको छ । कोरोना भाइरसबाट संक्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ ।

अचेल नेपालमा दैनिक ८/१० जनाको संख्यामा कोरोना संक्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना भाइरस संक्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना संक्रमितको दर बढ्ने र बिरामीलाई थप समस्या आउन सक्ने चिकित्सकहरूले बताईरहेका छन् ।

चिसो मौसम विषेशत असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा ढिलो सूर्याेदय हुने र चाँडो सूर्यास्त हुने भएकाले ती महिनामा बढी चिसो हुने गर्छ । यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा अनि सुत्केरी महिला, गर्भावस्थामा रहेका महिला सबैको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ ।

मानिसलाई चिसोमा नुहाउनका लागि निकै समस्या हुन्छ । नुहाउनका लागि आजभोलि गिजरको प्रयोग गर्ने गर्दछन् जसको उचित प्रयोग गर्न नजान्दा मानिसले अकालमा ज्यान गुमाएको हामीले विभिन्न सञ्चारमाध्यमबाट सुन्दै आएका छौं ।

कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण चिसोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

चिसो याममा पर्याप्त आराम गर्दा र बेला–बेला घाम ताप्दा राम्रो हुन्छ । चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा नजिकिएर अथवा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ ।

चिसो याममा मानिसको लापरवाहीले गर्दा धेरै समस्या निम्तने खतरा बढ्छ । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ र मानवीय दुर्घटना पनि हुन सक्छ ।

मानिसलाई चिसोमा नुहाउनका लागि निकै समस्या हुन्छ । नुहाउनका लागि आजभोलि गिजरको प्रयोग गर्ने गर्दछन् जसको उचित प्रयोग गर्न नजान्दा मानिसले अकालमा ज्यान गुमाएको हामीले विभिन्न सञ्चारमाध्यमबाट सुन्दै आएका छौं ।

बाथरुमको प्रयोग गर्दा धेरै कुराको ध्यान दिनु जरुरी छ । तातो पानीबाट निस्कने बाफ र शरीरको तातोपनबाट निस्किएको बाफ अनि गिजरले तताएको पानीको बाफ निकास हुने ठाउँ नहुँदा नुहाउन पसेको मानिसलाई चाहिने अक्सिजनको कमी हुन जान्छ र बाथरुमभित्र सास फेर्न गाह्रो भई मानिसको मृत्यु समेत हुन सक्छ ।

त्यसैले चिसो मौसममा हामीले आफ्नो दैनिकीमा विशेष ध्यान दिऔं । चिसोबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...