नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १,८८,८८३ पुग्यो
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:४२
1.4K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयले जनाएको छ।
शुक्रवार ४ हजार ५०० जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन्। हाल देशभर ३४ हजार ९०५ सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ७० पुगेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:४२




















