YouTube Link

निषेधाज्ञको रणनीति र विकल्प अपनाउनु आवश्यक

Facebook Link
vision

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लागू गरेको लकडाउनले थला परेको अर्थतन्त्रले बीचमा केही समय सास फेर्ने मौका पाए पनि निषेधाज्ञाले फेरि थला परेको छ ।

निषेधाज्ञाका कारण सबै प्रकारका उद्योग तथा व्यवसाय प्रभावित भएका छन् । त्यसमा पनि स्वरोजगार, साना तथा मझौला व्यवसाय सबैभन्दा धेरै प्रभावित भएका छन् । होटल, रेष्टुरेन्ट तथा अन्य सेवा क्षेत्रका कयौं व्यवसाय बन्द भएका छन् । यो क्षेत्रका कतिपय व्यवसायीले सधैंका लागि बन्द गर्ने बाटो पनि रोजेका छन् । राष्ट्र बैंकले ऋणमा सहुलियत दिने नीति ल्याएपनि बजारमा अनिश्चितता बढ्दै जाँदा यसै पनि स्थायी दायित्व भएकाहरुले ऋणको दायित्व थप गर्नभन्दा बन्दको बाटो रोजेका छन् ।

लहड वा रहरमा निषेधाज्ञा उल्लंघन गर्ने र मानवीय आवश्यकता वा बाध्यताले हुने उल्लंघनमा पनि फरक व्यवहार हुनुपर्ने देखिन्छ । प्रहरीले विवेक प्रयोग नगरेको तर बलपूर्वक अमानवीय व्यवहार गरेको घटना सामाजिक सञ्जालमा बग्रेल्ती देखिएको छ ।

सरकारले कोरोना भाईरस नियन्त्रणका लागि निषेधाज्ञाको पालना गराउन जनसहयोगको अपेक्षा राखेको छ । लहड वा रहरमा निषेधाज्ञा उल्लंघन गर्ने र मानवीय आवश्यकता वा बाध्यताले हुने उल्लंघनमा पनि फरक व्यवहार हुनुपर्ने देखिन्छ । प्रहरीले विवेक प्रयोग नगरेको तर बलपूर्वक अमानवीय व्यवहार गरेको घटना सामाजिक सञ्जालमा बग्रेल्ती देखिएको छ । यस्तो अमानवीय र गैरकानुनी व्यवहार नगर्न सडकमा तैनाथ प्रहरीलाई सम्झाउने दायित्व पनि निषेधाज्ञा जारी गर्ने अधिकारीको हो । जनतालाई सुसूचित गर्न र प्रहरीलाई संयमित बनाउन सकेमात्र संक्रमण नियन्त्रणमा निषेधाज्ञा उपयोगी हुनेछ ।

देशको मुख्य आर्थिक गतिविधि हुने राजधानी काठमाडौं, विराटनगर, विरगञ्ज तथा भैरहवा जस्ता क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञाकाबीच पनि उद्योगधन्दा खोल्न पाइने जिल्ला प्रशासन कार्यालयहरुले घोषणा त गरेका छन् तर यस्तो हुन सकेको छैन । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अहिलेको निषेधको रणनीतिमा पुनर्विचार गर्नैपर्ने देखिएको छ ।

अहिलेको निषेधाज्ञा र सरकारले अपनाएको अरु उपायका भरमा संक्रमण नियन्त्रित हुन सक्तैन भन्ने धारणा संक्रामक रोगका विज्ञ र जनस्वास्थ्यविद्ले प्रकट गरिरहेका छन् । अर्कातिर अरु रोगका बिरामीले समेत उपचार नपाएर अस्पतालका ढोका चाहर्दा चाहर्दै ज्यान गुमाउनु परेको दुःखद समाचार सार्वजानिक भइरहेका छन् । यसरी निषेधाज्ञ बढ्दै जाँदा व्यवसाय झनै धरासायी हुने, यसबाट रोजगारी झनै गुम्ने खतरा बढेको छ ।

अर्कोतिर यसरी रोजगारी गुमेकाहरुलाई सरकारले कुनैपनि राहत कार्यक्रम पनि ल्याएको छैन । सामाजिक सुरक्षाको कुनैपनि कभरमा नभएका त्यस्ता बेरोजगारहरु निकै समस्यामा फस्दै जाने जोखिम पनि उत्तिकै छ । यसैपनि बन्दाबन्दीमा यता आत्महत्याका घटनामा निकै वृद्धि भएको छ ।

घरभित्र खुम्चिएका विशेषगरी सहरी क्षेत्रमा एउटा वा दुइटा कोठा भाडामा लिएर बस्ने परिवारका बालबालिका निकै आत्तिएको हुनुपर्छ । यसैले अब निषेध गर्ने हैन सकेसम्म सबै क्षेत्र खुलाउने तर सुरक्षा र सावधानी अपनाउने रणनीति अपनाउनु आवश्यक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...