YouTube Link

अग्रमन र प्रगतिका पक्षधर र प्रतिगामीको पक्षधरबीच लडाइँ चलिरहेको छः प्रचण्ड

Facebook Link

 

काठमाडौं: गठबन्धनमा रहेका पाँच दलको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको बताएका छन् ।

 

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘यो गठबन्धन दायाँबायाँ भए देश पुन: दुर्घटनामा जानसक्छ’, उनले भने, ‘गणतन्त्र, संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा हुन्छ ।’

 

प्रचण्डले यो गठबन्धनले संविधानको रक्षा गर्दै गठबन्धनका सबै दलहरुलाई फाइदा गरेको बताएका छन् ।

 

‘एकातिर राजनीतिक मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भएकाले गठबन्धन हुने हो ’, उनले भनेका छन् , ‘५० प्रतिशत कांग्रेलाई फाइदा, माओवादीलाई पनि फाइदा, एकीकृत समाजवादीलाई पनि फाइदा, जनमोर्चालाई पनि फाइदा, जनता समाजवादीलाई पनि फाइदा छ ।’

 

गठबन्धनबीच महानगर र उपमहानगर बाँडफाँट गर्नु सजिलो नभएको बताउँदै उनले अहिलेको लडाइँ  अग्रगमन र प्रतिगमनबीचको भएको पनि जिकिर गरे ।

 

‘हामी शान्ति, अग्रमन र प्रगतिका पक्षधर र प्रतिगामीको पक्षधरबीच लडाइँ चलिरहेको छ’, उनले भने,‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाट मात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ । एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध  यो गठबन्धन जन्मिएको हो । यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...