YouTube Link

पेट्रोल कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ

Facebook Link

स्याङजा: तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही नगरपालिका-१० राङखोला बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् ।

उक्त स्थानका पसलहरूबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुले संचालन गरेको पसलमा १ लिटरको खाली बोतल र जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारेको हो । साथै गौरव प्रधानको प्रधान किराना पसलबाट १ लिटर दरका भरिएको १९ बोतल पेट्रोल, बिष्णुमाया शर्माको शर्मा किराना पसलबाट १ लिटर दरका भरिएको ९ बोतल पेट्रोल साथै १० लिटरको जर्किनमा भरिएको पेट्रोल १ थान र चन्द्र बहादुर गुरूङको आशिस किराना पसलबाट १ लिटर दरका भरी १४ बोत्तल पेट्रोल प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...