उमाकुण्ड गाउँपालिकास्थित बाम्ती भण्डारको एक घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु
वि.सं.२०७८ वैशाख २० सोमवार १२:४७
2K
shares
रामेछाप: रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-२ बाम्ती भण्डारको लहरे टोलको एक घरमा आइतबार मध्य रातमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७८ बर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षकी सीता कार्की रहेका छन् ।
आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।
घरभित्र सुतिरहेका बेला मध्य रातमा घरमा लागेको आगोका कारण बृद्ध बुबा र आमाको मृत्यु भएको भएपनि मनोहर कार्की र उनकी श्रीमती कल्पना कार्की तथा ३ बर्षकी छोरी स्मारीकाको भने झ्यालबाट हाम फालेर ज्यान बचाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
घट्नाको जानकारी पाए लगत्तै राति नै बाम्ती प्रहरी चौकिबाट प्रहरी टोली गएको भएपनि प्रहरी घट्ना स्थलमा पुग्नु अगाडि नै बृद्ध दम्पत्तिको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मृतकहरुको सव जलेको घरबाट खनेर निकालिएको थियो । आगलागि नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरेको भएपनि संभव भएको थिएन ।
घट्नाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट थप प्रहरी पठाइएको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिए ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ ।
मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा जारी
वि.सं.२०७८ वैशाख २० सोमवार १२:४७



















