YouTube Link

प्रतिनिधिसभामा बोलिएका अमर्यादित शब्दहरु ‘डिलिट’ गर्न सभामुखको निर्देशन

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रयोग गरेको ‘निम्छरा’ शब्द रेकर्डबाट हटाइने भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अभिव्यक्तिमात्र होइन, त्यस दिन संसदमा सरकार र प्रतिपक्षी दलका नेताहरुले प्रयोग गरेका असंसदीय शब्दलाई रेकर्डबाट डिलिट गर्न निर्देशन दिइएको छ । सभामुखले निर्देशन दिएपछि निम्छरासहित अब कुन कुन शब्द हटाउने भन्ने विषयमा एउटा समिति नै बन्ने छ ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गरेको प्रश्नलाई होच्याउँदै निम्छरा शब्द प्रयोग गरेपछि विवाद उत्पन्न भएको थियो । प्रधानमन्त्री ओली र कांग्रेसका सांसदहरुबीच संसदमै ‘अमर्यादित’ शैलीमा भनाभन चलेको थियो । नीति तथा कार्यक्रमको जवाफभन्दा पनि प्रधानमन्त्री बाझाबाझकै शैलीमा उत्रिएका थिए भने कांग्रेसका मीनेन्द्र रिजाल, मीन विश्वकर्मा लगायतका सांसदहरुले पनि आफूलाई संयमित राखेका थिएनन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...