आज बैशाख १२ अर्थात् महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

वि.सं.२०७८ वैशाख १२ आइतवार ०८:४३
1.3K
shares
काठमाडौं: आज बैशाख १२ अर्थात् महाविनाशकारी महाभूकम्प गएको ६ वर्ष पुरा भएको छ ।
गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको छैटौं स्मृति दिवस मनाइँदैछ ।
राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पुर्याएको भूकम्पले करिव ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
भूकम्पले गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो ।
भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने करिव १० जना सार्वजनिक बिद्यालयको संरचनामा क्षति पुगेको थियो ।
भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो ।
पुनर्निर्माणपछि शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका थिए ।
भूकम्प गएको ६ वर्षको अवधिमा निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
हेर्नुहोस् तपाईको आज २०७७ बैशाख १२ गते आईबारको तपाईको राशिफल

वि.सं.२०७८ वैशाख १२ आइतवार ०८:४३