YouTube Link

गतल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यावस्थाबारे गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने भएको छ ।

पूर्वमन्त्री समेत रहेका जोशी फागुन १३ गते रातिदेखि नै मस्तिष्काघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

बुधबार दर्जनौं अनलाइनले जोशीको स्वास्थ्यलाई लिएर श्यामश्वेत तस्बिर राखेर भ्रामक समाचार दिइरहेको पाइएको थियो ।

उक्त समाचारपछि अस्पतालले बिहान ७ बजे प्रेस विज्ञप्ति निकालेर जोशीको उपचार भेन्टिलेटरमा भइरहेको र अनलाइन संचारमाध्यमहरुले नकारात्मक समाचार सम्प्रेषण गरिरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको थियो ।

नेता जोशीको चिन्ताजनक अवस्थामा अहिले पनि भेन्टिलेटरमै उपचार भइरहेको छ ।

सोही विषयलाई लिएर समाचारको अनुगमन तथा नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण पत्र जारी गर्दै गलत समाचार सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

समाचारलाई सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई पनि सचेत गराइएको छ ।

काउन्सिलका सूचना अधिकारी उप प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी उक्त ध्यानाकर्षण पत्रमा काउन्सिलको सो अनुगमनमा जोशीको उपचार गराइरहेको अवस्थामा विपरीत समाचार सम्प्रेषण गरेर केही अनलाइन संचारमाध्यमहरुले पत्रकार आचार संहिताको घोर उल्लंघन गरेको ठहर गर्दै त्यस्ता सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

जोशीको स्वास्थ्य अवस्थाबारे तथ्यहीन र असन्तुलित समाचार सम्प्रेषण गरेर व्यक्तिको स्वास्थ्यबारे पाठक, श्रोता वा दर्शकमा भ्रम, उत्तेजना र निराश उत्पन्न गराएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

साथै पत्रमा ‘को पहिला हुने होडबाजी’मा पुष्टि बेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने किसिमका सामग्री सम्प्रेषण नगर्न, नगराउन र पत्रकार आचारसंहिताप्रति पूर्णप्रतिवद्ध रहन सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल समूह बैठकमा नजाने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...