YouTube Link

नेकपाका नेपाल–खनाल समुहले तय गर्‍यो ‘आगामी काम’ उपशीर्षकमा १३ बुँदे कार्ययोजना

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै ओलीइतर खेमाले आफ्नो आगामी कार्ययोजना तय गरेको छ ।

पार्टीमा ओली प्रवृत्ति विरुद्ध लड्ने भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले आजबाट दुई–दिने राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ ।

भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘आगामी काम’ उपशीर्षकमा १३–बुँदे योजना उल्लेख गरिएको छ ।

बुँदागत योजनाहरु यस प्रकार छन्ः

(१) नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने
(२) २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना (सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना) गर्ने
(३) विधि विधानको पुनर्स्थापना र विकास गर्ने
(४) नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने
(५) नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने
(६) आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने
(७) केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने
(८) कार्यवाहक नेतृत्वको तयारी गर्ने
(९) गुटका निर्णयहरु खारेज गर्ने
(१०) पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने
(११) नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानुपर्ने
(१२) पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने
(१३) पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने

नेपाल खनाल समूहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्य रहेको खतरा र कम्युनिष्ट पार्टी तथा समाजवाद विरोधी शक्तिबाट हुनसक्ने खतरालाई अबका चुनौतिको रुपमा व्याख्या गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...